गिरिजा प्रसाद लाई सोधेर भन्नु पर्यो के हो नागरिक सर्वोच्चता भनेको । गिरिजा प्रसाद ले हग भन्दा हग्ने मुत भन्दा मुत्ने नै हो नागरिक सर्वोच्चता भनेको प्रस्ट पर्नुपर्यो ।एउटा गिरिजा प्रशाद को हैकम मुनी बसेर यस्ता ठुल्ठुला कुरा गरेको सुहाउन्न कांग्रेस का नेताहरुले ।रात भरी रुङ्ग्यो बुढी जिउदै भनेको चरितार्थ पारीहाल्नु भो नि त लोकतन्त्र को नारा फलाक्ने तपाईं हरुले। मतलब साफ छ ,सुजाता लाई मन्त्री परिषद बाट फिर्ता बोलाउने,कार्वाही गर्ने जस्ता मनगढन्ते अफवाह् फैलाएर अन्तिम मा सुटुक्क दुलो भित्र छिर्नु भो हैन त केसी ज्यु साथ मा हुनुहुन्थ्यो हाम्रा अलोकप्रिय पार्टी को लोक प्रिय नेता द्वय प्रदीप ग्यवाली र गगन थापा ज्यु पनि ।अब परेन त फसाद । आफ्नै पार्टीको नेत्रित्व समक्ष कुरा राख्न मिडिया सँग हार गुहार गर्नु हुने महानुभाव हरु को दयनीय स्थिति देख्दा म झसङ्ग झस्किन्छु र आँफैलाई सम्झाउछु,बुझाउछु यही रहेछ नागरिक सर्वोच्चता भनेको ।कांग्रेस का केही नेता मात्र राम्रा हुनु हुन्छ र वहाँ हरुलाई हामी मन पराउछौ पनि तर पार्टीगत हिसाब मा त वहाँहरुको के हालत छ त्यस बारेमा नकोट्याउ होला ।ल ल धराशयी हुनबाट जोगिन चाहने हो भने तपाईंहरुले पनि एमाले कै बाटो अपनाउनु होस् । तर जे होस् तपाईंको पार्टी भित्रको अनुशाशन चै म सम्मान गर्दछु।भनाइ नै छ कि भनेको मान्नु कि आँफै जान्नु भनेर भन्थे बुढापाकाले अब म के भनौ तर अर्ती त घर्ती को पनि लिनु भनेर भनेको पनि मैले सुनेकै हो । ल त बाँकी हाम्रा आदरनीय नेता ज्यु हरुलाई नै थाहा छदैछ । अब देश खाएर सेश हुनु भएका हरुलाई म बबुरो मनुवा ले के भनौ ।
२०४६ को जनआन्दोलन पस्चात त प्रायस (१५ बर्ष मा करिब १३ बर्ष)धेरै समय देस मा कांग्रेस ले नै नेत्रित्व गरेको हो । यो अवधिमा जनता कति भड्खालो मा जाकिएका छन यो कुरा त बताइ रहनु पर्छ जस्तो मलाई लाग्दैन । लोकतन्त्र का अन्तहीन अनी ठुला ठुला नारा र भाषण दिएर कहिले नथाक्ने कांग्रेस भित्रको लोकतान्त्रिकअरण को बारेमा त हामी सबै लाई ज्ञात भएकै हो नि । र अझै पनि कांग्रेस हामी जनता लाई
गुमराह बनाउने कोसिस मा लागि रहेको छ ।कांग्रेस किन आफुलाई बुझाउन चाहदैन कि एक दिन का रत्नाकर डाकु नै पछि गएर महर्षी बाल्मिकी बनेका थिए भनेर ।माओबादी को सशस्त्र द्वन्दका क्रममा हो कैयौ हजारौ ले ज्यान गुमाए ,धेरै घरबारबिहिन हुनु पर्यो ,तर हामी हिजो लाई किन फर्केर हेर्न ?त्यसो त हिजो को कांग्रेस को कृयाकलाप त जगजाहेर नै छ नि । किन त्यो जनयुद्द लाई हामी सकारात्मक रुपमा नलिने?
०६२/०६३ को जनआन्दोलन ताका जनसेना को भूमिका कति अपरिहार्य थियो भनेर के खोतली रहनु जरुरी छ र?ज्ञानेन्द्र ले त माओवादी बाहेक कसै लाई टेर्न नचाहेको कुरा त सबै लाई अवगत नै छ भन्ने मेरो विश्वाश हो । अनी अहिले तिनै माओवादी र जनसेना को बिरुद्दमा खनिदा राजनीति साच्चै नै फोहोरी खेल रहेछ भन्ने मलाई लागेको छ ।
म माओवादी हैन र माओवादी पक्षधर पनि होइन। मैले त जे देखेको छु त्यो मात्र ओकलेको हो । म यो भन्दिन कि माओवादी मा पनि बिचलन छैन भनेर ऊ पनि कान चिरिएको अर्को जोगी भैसक्यो तर त्यो राजनितिक बिचलन कांग्रेस मा अझ अतुलनीय छ । आफु प्रतिपक्षमा रहन्दा चर्को बिबाद र बिरोध गरेको कांग्रेस ले आफु सरकार मा रहन्दा कतिको जिम्मेवारी पुरा गरिरहेको छ भनेर अहिले का उस्का अहिले का मन्त्रीहरु लाई हेर्दा दुध को दुध र पानी को पानी हुन्छ । यस भन्दा बढी के लेखौ ?आफ्नो आङ्को भैसी हेर्न नचाहने अनी अरु को आङ्मा जुम्रा छ कि छैन भन्ने प्रविती कांग्रेस ले त्यागेर आफु मा निहित खराब पक्षलाई जरै देखी उखालेर फ्याल्न सके मात्र कांग्रेस को भबिस्य सुरक्षित हुने देखिन्छ । पार्टीलाई लोकतान्त्रिकरण ,सामाजिकिकरण गरेमा र यो जनमुखी हुन सके यस्को भबिस्य उज्ज्वल देखिन्छ अन्यथा कांग्रेस पतन भएर जान बेर छैन ।