छोटा छोटा पहिरन मा सजिने,निस्चित शहरी एरिया मा बस्ने,नेपाली नारी को अस्तित्व बिर्सने लाई नै मिस नेपाल बनाउनु होला है त ।
सीमित ब्यक्ती को स्वार्थ पुर्ती को लागि सम्पूर्ण नेपाल को नाम प्रयोग गर्नु आँफैमा एउटा घ्रिणित कार्य हो भन्ने मेरो बिचार हो । यो कार्यक्रम समापन गर्ने खर्च बरु ग्रामीन बस्ती मा बसोबास गर्ने अनि अशिक्षित,पीडित,शोषित र घर गृहस्ती मै जीवन बिताउने नेपाली नारी को जीवन स्तर उकास्ने कार्यक्रम गर्न सके हिंडेन ट्रेजर ले साच्चै नै देस को बिकास मा टेवा पुर्याउन सक्थ्यो ।
सीमित मापदन्ड मा तौलेर् के सम्पूर्ण नेपाली नारिको,सम्पूर्ण अविवाहित महिला को प्रतिनिधित्व हुन सक्ला ?
अहिले सम्म जतिले पनि मिस नेपाल को ताज पहिरीन सफल भए हो तिनिहरुले देस र समाज को लागि के कती काम गरे ?आफ्नो निजी स्वार्थ भन्दा माथि ती चेली हरु उठेको कहिल्य नि देख्न पाइएन । डाबर नेपाल को ब्यापारिक प्रायोजन का लागि ती कन्या हरुको रुप र सुन्दरता उपयोग गरिन्छ र त्यस पश्चात ती मिस नेपाल हरु कहाँ हराउछन अत्तोपत्तो हुँदैन । अनी यस्ता प्रतियोगिता को के अर्थ र के उद्देश्य ?
मेरो भन्नु को तात्पर्य यो होइन कि यी र यस्ता प्रतियोगिता हुनु नराम्रो हो तर यस्ता कोठे प्रतियोगिता हरुले सम्पूर्ण देस को प्रतिनिधित्व गर्ने काबिलियत राख्छन वा राख्दैनन, यस्ता प्रतियोगिता के अनि कस्ता उद्देश्य पुर्ती का लागि हुन्छन भन्ने मात्र हो ।
ती युवतिहरु जो यस्ता प्रतियोगिता मा केही पाउने आसमा होम्मिनछन ती ठिटी हरुलाई यो भित्र को बास्तविकता के थाहा । मलाई के लाग्छ भने यस्ता प्रतियोगिता हरु अधिकार प्राप्त गर्न को लागि हो र यो अधिकार नेपाली युवती को देह ब्यापार को लागि हो । उनिहरुको शारीरिक बनोट, चाल ढाल, अङ्ग प्रत्यङ्गको खुला चिरफार र त्यस्को आम प्रदर्शन नै यस्ता प्रतियोगिता को सफलता हो भन्ने मेरो ठम्याइ
हो ।
यस्तो प्रतियोगिता को रौनक नै बेग्लै,खर्च नै बेग्लै,प्रायोजक त कती हो कती । यो खर्च ले बरु गरीब नेपाली का छोरी हरु को पठनपाठन को ब्यवस्था मिलाई दिनु,सुचना र संचार बाट बन्चित को लागि कम्प्युटर शिक्षा को अवसर जुटाइदिनु,सीप र साधनको जोहो गरिदिनु । यस्ता उपयोगी कार्य को त एउटा लामो फेहरिस्त नै बन्छ । काठमान्डौ,पोखरा,बिराटनगर,धनगढी,नेपालगन्ज्,दमक्,धरान् मात्र नै सम्पूर्ण
नेपाल होइन भन्ने कुरा त हिंडेन ट्रेजर लाई अवस्य पनि जानकारी हुनु पर्ने हो । अत:मेरो आग्रह नेपाली नारी को ब्यापार होइन कि उनिहरुको स्तर उकास्नु पर्यो भन्ने मात्र हो । ब्युटी विथ ब्रैन भन्नु को सट्टा सम्पूर्ण नारी लाई समेट्न सक्नु पर्यो ।पहिलो प्राथमिकअता प्रति सजग हुनुपर्यो अनि पछी पछी यस्ता प्रतियोगिता गर्दा केही फरक नपर्ला ।
No comments:
Post a Comment