अवस्य बीपी नेपालका महानतम र अतुलनीय नेता थिए र उनी सदासर्वदा नेपाली मनमश्तिष्कमा याद रहिरहने छन ।
२००७ साल को प्रजातान्त्रिक आन्दोलन का प्रखर एवम धुरन्धर नेता थिए बीपी । उनको बिचार अवस्य पनि बिचारणीय र अनुकरणीय छ ।
प्रजातन्त्र पश्चात को नेपालको प्रथम जननिर्वाचित् प्रधानमन्त्री पनि उनी नै भएका थिए । यो अर्थमा उनी भाग्यमानी नै भएको ठहर् गर्नुपर्छ।
अब आउ बर्तमान कांग्रेस तर्फ । २००७ साल देखी २०४६ साल सम्ममा देश मा के के भयो त्यता तर्फ नजाउ हामी । २०४६ साल पश्चात त करीब १३|१४ बर्ष त कांग्रेस ले नै सत्ता चलाएको हो । त्यस अवधिमा कांग्रेस ले कति जनता लाई एक हल गोरु ,राम्रो दुहुनो गाई,केटाकेटिलाई स्कुलफिस र बिरामी हुँदा सामान्य उपचारको ब्यवस्था मिलाइदियो ?प्रजातन्त्र को नारा र भाषण मा ब्यस्त भईरहदा कांग्रेस भित्र को
प्रजातान्त्रिकरण त सर्वबिदितै छ नि । आज बीपीको सिद्दान्त सम्झनु र त्यसको सार्थकता औल्याउनु भन्दा त्यसको कतिको कार्यन्यवन भैरहेको छ त्यो कुरा चै महत्वपूर्ण हुन्छ ।समाजवाद समाजवाद भनिरहदा कांग्रेसी समाजवाद को नमुना जगजाहेर छ । मेरो भन्नु यती मात्र हो कि जती नै उत्क्रिस्ठ र जनपयोगी सुत्र ,सिद्दान्त प्रतिपादन गरिएको होस् तर त्यसलाई ब्यवहार् मा लागु गरिदैन भने तो
सुत्र र सिद्दान्तको केही पनि अर्थ रहदैन र त्यो बाँदरको पुच्छर लौरो न हतियार नै साबित हुन्छ ।उनको अभिब्यक्ति,उनको विचार साह्रै अर्थपूर्ण र उत्क्रिस्ठ छ भने कांग्रेस आँफै किन यसको परिपालन गर्दैन । किन त्यै प्रजातान्त्रिक पार्टी भित्र प्रजातान्त्रिक प्रविती को घोर अभाव जारी छ ,किन यो आँफै नै नातावाद ,क्रिपाबाद,चाकडी,चाप्लुसी,गुटबन्दी र पदलोलुप्ता बाट बाहिरिदैन र
किन यो जनता को पार्टी हुन चाहदैन ?
उनी एक कुशल वक्ता साथै एक सफल साहित्यकार पनि । उनले त्यत्रो कृति तयार पारुन्जेल किन आफ्ना बिचार लाई लिपी बद्द नगरेका हुन यो भने आश्चर्यजनक कुरा हो भन्ने मेरो ठम्याइ हो। शायद उन्ले त्यस्ता बिचारहरुलाई सङ्ग्रहीत गरिदिएको भए उन्ले भनेको समाजवाद को पथमा हिंड्न हामी लाई थोर बहुत सजिलो हुने थियो कि ?
हाल को स्थिती त झनै डरलाग्दो र कहालीलाग्दो छ । राजनैतिक् स्थिरता जारी भैरहन्दा देसलाई किन यस्तो भवसागरबाट निकाल्ने प्रयत्न गर्दैन अनि स्थितिलाइ अझ किन जतिलता तर्फ धकेल्छ ।सबैको अभिभावक पार्टी किन सपै पक्षलाई मिलाएर लाने प्रयत्न गर्दैन र बारम्बार झिना मसिना कुराहरु मा नै अल्झिएर आफ्नो अस्तित्व माथि खेलबाड गर्छ ?
त्यसैले जनपेक्षा अनुरुप जाने र पुन:जनता को प्रतिनिधि पात्र हुने हो भने कांग्रेसले आफुमा निहित खराबी र कमिकमजोरिलाई हटाउदै जाओस र फेरी एउटा सबल र सफल राजनीतिक पार्टी बन्न सफल होस् यहि मेरो आग्रह र शुभकामना
जय देश जय होश
No comments:
Post a Comment