Friday, August 21, 2009

परमानन्द र उस्को हिन्दी भाषा प्रती को अटुट मोह

नेपाली भाषा मा सपथ लिन झालाई के ले रोकेको छ । नेपाली भाषा मन नपराउनेलाई नेपाल मा बस्ने अधिकार पनि त छैन नि । उन्को अवहेलना भन्दा पनि यहाँ त सम्पूर्ण नेपाली को अवहेलना हुँदैछ यो कुरा खै त झाले भुझेका । बरु झा ईन्डिया तिर नै कुलेलम ठोक तिम्रा लागि त्यनै सर्वोत्तम उपाय हुनेछ । परमान्द झा साच्चैको भारतीय एजेन्ट रैछन्। नेपाल ,नेपाली जनता ,नेपाली भाषा ,नेपाली सवतन्त्रता र सम्पूर्ण नेपाली बिपरीत जान यिनलाई कस्ले उक्साउछ । किन यिनी जोरी खोज्दै छन नेपाली जनता सँग । के तराइ मा अन्य भाषाको कमी छ र हिन्दी मै सपथ लिनु पर्ने कस्तो यिन्को सोच । । उनी एक आम ब्यक्ति अवस्यै पनि होइनन उनी त अढाई करोड नेपाली का अभिभावक हुन र उनैले सर्वोच्च को आदेश मान्दिन भन्नु कति को न्यायोचित हुन्छ । अरे प्रचन्ड ले त सर्वोच्च को आदेश मानेर लुरुलुरु सिङ्दरबार बाट बहिरिनु पर्‍यो जब कि उनी जनता को प्रत्यक्ष्य भोट् बाट चुनिएका थिए भने यी परमानन्दले मान्दिन भन्दा के जनता ले यिनलाई बाँकी रख्लान। अनी अर्को कुरो यिनले मधेसी को कुरा निकाले के उनलाई त्यति पनि ज्ञान छैन कि कसो गणतन्त्र नेपाल को प्रथम राष्ट्रपती पनि त एक मधेशी नै त हुन । राष्ट्रपती ले हाल सम्म पनि यस्तो अभिब्यक्ति दिएका छैनन फेरि किन परमानन्द यस्तो कुरामा अल्झिन्छन र मलाई नेपाली आउदैन भन्छन । उनले आफ्नो अतित पनि पोली खाइ सके जस्तो छ । जनता को असली तागत को ज्ञान को कमी छ जस्तो छ यिनलाई । यिनले नेपाली मा सपथ नलिए अवस्य नै कारवाही हुन्छ र यो करवाही नेपाली जनता बाट नै हुन्छ । यो सम्पूर्ण अढाइ करोद नेपाली जनता को जनादेश हो । खबरदार परमानन्द । सम्पूर्ण नेपाली जनता मिलेर यिनलाई बैतर्नी पार गराउनै पर्छ ।









No comments:

Post a Comment